विराटनगर । लामखुट्टेको टोकाइबाट लाग्ने विभिन्न रोगबाट बच्नका लागि विपन्न परिवारलाई रोटरी क्लब अफ विराटनगर फ्युजन र महेश्वरी महिला मञ्चले झुल वितरण गरेका छन् ।
क्लब र मञ्चले लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगु, कालाजार, मलेरिया, इन्सेफ्लाइटिसलगायतका रोगबाट बच्नका लागि तीन चरणमा विपन्न परिवार १ हजार थान लाई झुल वितरण गरेको हो ।
विराटनगर वडा नम्बर १२, वडा नम्बर २ सहित तीन चरणमा झुल वितरण गर्ने योजना अन्तर्गत शुक्रबार विराटनगर–१ स्थित परोपकार घाटका स्थानीयलाई तीन सय झुल वितरण गरिएको क्लबका अध्यक्ष विकास राठीले जानकारी दिए ।
कार्यक्रममा रोटरी क्लब अफ विराटनगर फ्युजनका अध्यक्ष विकास राठी, महेश्वरी महिला मञ्चकी अध्यक्ष पुनम राठी, सल्लाहकार रचना राठी, महेश्वरी युवा मञ्चका अध्यक्ष अजय राठी, महेश्वरी समाजका महासचिव अमिताव गट्टानी, रोटेरियन लिडर किरण कर्ण, महेश्वरी महिला मञ्चका पूर्व अध्यक्षहरु, दुवै क्लबका सदस्हरुलगायतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको संयोजक रोटरी क्लब अफ विराटनगर फ्युजन र महेश्वरी महिला मञ्च दुवै संस्थामा आवद्ध पुजा राठी रहेकी थिइन् । कार्यक्रममा सोही वडाका वडाध्यक्ष काजी बस्नेतको पनि उपस्थिती रहेको थियो ।