सुनवर्षी मेयर कप क्रिकेटको उपाधी वडा नम्बर ८ लाई

पूर्वीटाईम्स संवाददाता
मङ्गलबार १७ माघ, २०७९
८ महिना अघि

विराटनगर, १६ माघ । मोरङको सुनवर्षी नगरपालिकामा सम्पन्न तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ८ ले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ६ लाई पराजित गर्दै सुनवर्षी–८ ले यस वर्षको उपाधी जितेको हो ।

आज सम्पन्न फाइनलमा टस जितेर व्याटिङ रोजेको सुनवर्षी–६ ले निर्धारित २० ओभरमा १७१ रन बनाएको थियो । खेलमा सोनु अन्सारीले सर्बाधिक ९५ र मुकेश यादवले ४० रन बनाए पनि सुनवर्षी–६ ले उपविजेतामै चित्त बुझाउनु पर्यो ।

खेलमा सुनवषी–८ का लागि विकास दासले ३ विकेट लिए । १७२ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको सुनवर्षी–८ ले १८.१ ओभरमै ६ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो । सुनवर्षी–८ लागि सर्बोत्कृष्ट प्रदर्शन गरेका विकास दासले २२ बलमा ६७ रन बनाएर जितको आधार तयार गरे । त्यस्तै सुरज न्यौपानेले ३७ रन बनाएका थिए । खेलमा सुनवर्षी–६ का लागि अजय राजवंशीले ४ विकेट लिए।

फाइनल खेलको म्यान अफ दी म्याच उत्कृष्ट प्रदर्शन गरेका विकास दास घोषित भए । उनले नगद ५ हजार रुपैयाँ र मेडल प्राप्त गरे । तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिताको उपाधी जितेको सुनवर्षी–८ ले नगद १ लाख २५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ ।

त्यस्तै उपविजेता बनेको सुनवर्षी–६ ले नगद ६५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । तेस्रो मेयर कप नकआउट क्रिकेट प्रतियोगिताको उत्कृष्ट विकेट किपर सुनवर्षी नगरपालिका कर्मचारी टिमका कप्तान देवेन्द्र थापा घोषित भएका छन् । उनले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरी प्रतियोगितभरी उत्कृष्ट व्याटिङ गरेका सुनवर्षी–२ का फिरदोस अन्सारीले बेष्ट व्याटस्म्यानको उपाधी हात पारे । त्यसैगरी उत्कृष्ट फिल्डर सुनवर्षी–६ निसार नुरी घोषित भए । प्रतियोगिताभर १२ विकेट लिएका सुनवर्षी–६ श्रवण यादव उत्कृष्ट बलर भए । उनीहरु सवैले नगद १०/१० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजको उपाधी सुनवर्षी–६ का श्रवण यादवले हात पारे । उनले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै पथरीशनिश्चरे नगरपालिकाको टिमले फेयर प्ले अवार्ड प्राप्त गरेको छ । सो टिमले नगद १५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगिताका विजेता, उपविजेता, फेयर प्ले अवार्ड, उत्कृष्ट खेलाडीहरुलाई प्रदेश सांसद नुरसादी बेगम, सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशी, प्रमुख प्रशासकिय अधिकृत रुद्रप्रसाद दुलाल, लेखा अधिकृत देवेन्द्र थापा, शिक्षा शाखा प्रमुख हरि कट्टेल र सवै वडाका वडाध्यक्षहरुलगायतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा सफलता पूर्वक प्रतियोगिता सम्पन्न गराउन महत्पूर्ण भूमिका निर्वाह गर्ने कार्यक्रमका अतिथीहरु, सवै वडाका वडाध्यक्षहरु, खेलप्रेमी व्यक्तित्वहरु, खेलाडी, स्कोरर, एम्पायरहरुलगायतलाई सम्मान र मायाँको चिनो समेत वितरण गरिएको थियो ।
तेस्रो सुनवर्षी मेयर कप नकआउट क्रिकेट प्रतियोगिता गत पुस २९ गतेदेखि सुरु भएको थियो ।

प्रतियोगिताको उद्घाटन सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशी र रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले क्रिकेट खेलेर गरेका थिए । प्रतियोगितामा सुनवर्षी नगरपालिकाका ९ वटै वडाबाट ९ वटा टिम, हसन्दह, सुनवर्षी लगान टिम, सुनवर्षी नगरपालिका कर्मचारी टिम, रंगेली, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाको एक÷एक वटा टिमको सहभागीता रहेको संयोजक रामकुमार राजवंशीले जानकारी दिए ।

सम्बन्धित खवर

रंगेली नगरपालिकाका कर्मचारी संघीय सरकारको विरोधमा उत्रिए, १३ सदस्यीय संघर्ष समिति गठन

बुधबार १७ असोज, २०८०
८ घण्टा अघि

विश्व मुटु दिवसको अवसरमा विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य शिविर

मङ्गलबार १६ असोज, २०८०
१ दिन अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग मनायो बाल दिवस

आईतबार ३१ भदौ, २०८०
३ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो २ सय ड्रागनफुडका विरुवा

बुधबार २७ भदौ, २०८०
३ हप्ता अघि

विश्व साक्षरता दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

सोमबार २५ भदौ, २०८०
३ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो दुई सय कागतीका विरुवा, एक जनालाई जिविकोपार्जनका लागि गाई वितरण

सोमबार ११ भदौ, २०८०
१ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net