मोरङ को रातुवामाई नगरपालिका वाड नं ५मा अवस्थित सुनवर्षी महाराज मन्दिर मा यस पटक परम्परा अनुसार पूजा र महत्सोब हुने भएको छ। प्रत्येक नयाँ वर्ष काे पहिलो दिन भव्य रुपमा मेला लाग्ने सो स्थान मा विगत दुई वर्ष देखी कोरना को कारण बन्द रहेको थियो। उत्साह र उमङ्ग बोकेर आउने नयाँ वर्ष मा लाखौं भक्तजनहरू पूजा गर्न भने रै टाढा टाढा बाट आउने गर्दछन्। यसै बीच मा सुनबर्षी मन्दिर समिति का अध्क्षय कुमार बुढाथोकी सँग कुराकानी गर्दा उहाँले भन्नु भयो।”२०७९वैशाख १गते का दिन सदा झैं परम्परा अनुसार मेला लाग्ने र पूजा पाठ हुने बताउँदै
हाल कोरनाको प्रभाव घट्दै गएको र सरकार द्वारा सम्पूर्ण निरोधात्मक आदेशहरू हटाइएको हुँदा मन्दिर समिति ले मेला लगाउने निर्णय गरको कुरा उल्लेख गर्दै उक्त दिन सुरक्षाको लागी ईलाका प्रहरी कार्यालय मा जानकारी समेत गरिएको कुरा लाई प्रष्ट पार्नु भयो।”