नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

पूर्वीटाईम्स संवाददाता
शनिवार ११ मङ्सिर, २०७८
२ वर्ष अघि

चितवन, ११ मंसिर । नेकपा (एमाले) का नेता सत्यनारायण चौधरीले केन्द्रीय सदिस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा प्रदेश नम्बर १ का नेता चौधरीले आरक्षण कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

पार्टीको मोरंग जिल्ला कमिटी, प्रदेश कमिटीकोलगायत विभिन्नतहको कुशलतापूर्वक नेतृत्व गरेका चौधरीले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । उनले थारु समुदायका लागि छुट्याइएको कोटामा आफ्नो उम्मेद्वारी रहने बताए ।

को हुन चौधरी ?
२०२६ साल कार्तिक १२ गते बुवा जतरु चौधरी र आमा रातोदेवीको कोखबाट जन्मिएका चौधरी कक्षा ८ मा पढ्दै गर्दा बामपन्थी बिचारबाट प्रभावित भएर कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए ।

नेता चौधरीले अनेरास्ववियु प्रारम्भिक कमिटी हुदै मोरंग जिल्ला उपाध्यक्ष, नेकपा (एमाले) मोरंगको जिल्ला कमिटी, सचिवालय र उपसचिव, प्रचार विभाग प्रमुख हुँदै प्रदेश कमिटी सदस्य सदस्यको जिम्मेवारी प्राप्त गरिसकेका छन् ।

उनी २०५४ सालमा तत्कालिन जिल्ला विकास समिति मोरङको सद्स्यमा निर्वाचित भएका थिए भने २०६४ सालमा सम्पन्न संविधासभाको निर्वाचनमा संविधानसभा सदस्य पदका उम्मेदवार समेत भएका थिए ।

सो निर्वाचनमा उनले सम्मानजनक मत प्राप्त गरेपनि निर्वाचित हुन सकेनन् । चौधरी २०७२ सालमा सम्पन्न संविधानसभाको समानुपातिक सदस्य पदको उम्मेदवार थिए ।

नेता चौधरी २०६२ ०६३ को जन आन्दोलन र विभिन्न राजनीतिक परिवर्तनको आन्दोलनमा पटक पटक जेल जिवन समेत विताएका छन् ।

२०३५÷३६ सालमा माले पार्टीसँग सम्फर्क हुदा जननेता मदन भण्डारीको घरमा आवतजावतको कारण प्रभावित भएर आदिवासी तराई बिचमा पार्टीको सम्फर्क सुत्रको रूपमा कार्य उनका दाजु कमल कुमार चौधरीले काम गर्दा सोहीबाट प्रभावित भएर उनी कम्युनिष्ट पार्टीमा लागेका हुन् ।

२०४२ सालको माघे सन्क्रान्तीका दिन नेता चौधरीका दाजु कमल कुमार चौधरीको अगुवाई जनवादी सास्कृतिक कार्यक्रममा तत्कालीन प्रहरी प्रशासनबाट व्यापक दमन र धरपकड हुँदा हातिमुडा गाउँ नै आतंकित भएको थियो ।

सो कामबाट रुष्ट सम्पुर्ण थारुसमुदायलाई बिस्तारै कम्युनिस्ट पार्टीमा संगठित हुने काम चौधरीले गरेका थिए ।

नेता चौधरीको आवद्धता
नेता चौधरी विज्ञको रुपमा परिचित छन् । उनले फरवार्ड माइक्रोफाइन्स बितिय सस्थाको सन्थासापक सदस्य रही गरिबी निवारणको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् ।

नेता चौधरी नेपाल—भारत सहयोगमा निर्मित मनमोहन प्राविधिक विश्वविद्यालयमामा स्थापनाकाल देखीनै योगदान दिएका छन् भने उनी संस्थापक सदस्य समेत हुन् ।

नेता चौधरीले रास्ट्रीय प्रकृति सरक्षक कोष नेपालको बोर्ड अफ डाइरेक्टर ,आदिवासी जनजाति महासङ्ह को केन्द्रिय सदस्य ,नेपाल डोरी तान संघ को केन्द्रिय सदस्य, नेपाल लोकतान्त्रिक थारु संघको केन्द्रिय सदस्य, प्रदेश सरकारले गठन गरेको प्राविधिक शिक्षा अध्ययन कार्यदल प्रदेश १ को सदस्य, प्रदेश खेलकुद समितिको सदस्यका रुपमा समेत काम गरिसकेका छन् ।

विदेश भ्रमण
नेता चौधरीले विश्व कम्युनिष्ट आन्दालनलाई नजिकबाट नियाल्न विश्वका विभिन्न देशहरुको भ्रमण गरेका छन् । उनले हालसम्म रुस, चाइना हंगकंग मकाउ दुवई भारत, कुवेत, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, यमनलगायतक करिब एक दर्जश देशको भ्रमण तथा अवलोकन गरिसकेका छन् ।

केन्द्रीय कमिटीमा निर्वाचित हुने चौधरीको दावी
पार्टीमा स्पष्ट विचार राख्ने, स्वच्छ छविको पहिचान बनाएका चौधरीले विगतदेखि नै शोषित पीडित जनता, सिमान्तकृत समुदाय, थारु, मधेधी, महिला, दलित समुदायको पक्षमा उभिएर काम गर्दै आएका छन् ।

चौधरीले आफुलाई न्यायप्रेमी जनप्रतिनिधिले अत्याधिक मत दिएर जिताउने बताएका छन् ।
उनी पार्टीको ऐतिहाँसिक पाँचौ, सातौ, ९ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भइसके पनि केन्द्रीय सदस्य बन्न पाएका थिएनन् । चालु १० औँ महाधिवेशनमा पनि प्रतिनिधि रहेका चौधरीे यसपटक भने केन्द्रीय कमिटीमा आफु समेटिने विश्वास व्यक्त गरेका छन् ।

रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net