रंगेलीमा १० दिने मनो–सामाजिक तथा मनोविमर्श तालिम सम्पन्न

पूर्वीटाईम्स संवाददाता
बुधबार १ जेठ, २०८२
१ महिना अघि

रंगेली । मोरङको रंगेलीमा १० दिने मनो–सामाजिक तथा मनोविमर्श तालिम सम्पन्न भएको छ । रंगेली नगरपालिका-३ , रञ्जनीस्थित स्वास्थ्य चौकीमा १० दिने मनो–सामाजिक तथा मनोविमर्श तालिम सम्पन्न भएको हो । 

वैशाख २१ गतेदेखि सुरु भएको उक्त तालिम बुधबारका सम्पन्न भएको हो । रंगेली नगरपालिकाको न्यायिक समितिको आयोजनामा सम्पन्न तालिममा नगरपालिकाभित्रका ९ वटै वडाबाट २५ जनाको सहभागीता रहेको थियो । 

आत्मबल अभिवृद्धि, आत्मरक्षा, मानसिक स्वास्थ्य समस्याको पहिचान तथा समाधानमा सहयोग पुर्याउने उद्देश्य रहेको सो तालिम प्रभावकारी रहेको सहभागीहरुले बताएका छन् । 

रंगेली–३ का वडाध्यक्ष भरत प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा रंगेली नगरपालिकाकी उपप्रमुख भुमा पराजुली प्रमुख अतिथी रहेकी थिइन् । तालिममा साझा सवाल मञ्चकी संयोजक मन्जिता उपाध्यायले प्रशिक्षण दिएकी थिइन् । 

तालिममा सहभागीहरूले मानसिक स्वास्थ्यका विविध पक्षहरू, जस्तै—मनोबिमर्शमा गोपनीयता, बोल्ने शैली, हाउभाउ, ड्रेस अप शैलीलगायतका विषयमा प्रशिक्षण लिएका छन् । सहभागीहरूले आफ्नो व्यवहारमा सकारात्मक परिवर्तन आएको अनुभवसमेत सुनाए । 

वडाध्यक्ष प्रसाईले समाजमा बढ्दै गएको हिंसा, उत्पीडनजस्ता घटनाहरूको न्यूनीकरण गर्न तालिमको मुख्य उद्देश्य रहेको बताए । सो अवसरमा नगर उपप्रमुद पराजुलीले जीवन उपयोगी तालिमको रूपमा यसलाई मूल्याङ्कन गर्दै, सिकेका कुरा व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरिन्। साथै, तालिमको सकारात्मक प्रभाव देखिएमा भविष्यमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने उनले बताइन् । 

तालिममा जनप्रतिनिधि, कार्यपालिका सदस्य, न्यायिक समितिका सदस्य तथा महिला स्वयंसेविका प्रशिक्षार्थीका रूपमा सहभागी थिए। अन्त्यमा नगर उपप्रमुख र वडाध्यक्षले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरी कार्यक्रम समापन भएको थियो ।

सम्बन्धित खवर

छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net