बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

पूर्वीटाईम्स संवाददाता
बुधबार २७ पुस, २०७९
९ महिना अघि

विराटनगर । मोरङको सुनवर्षीमा–७ स्थित बरडंगामा लक्षित बर्गका लागि उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । वडा कार्यालय बरडंगाको सहयोगमा विराट टाईम्स मिडिया प्रा.लि. को आयोजनामा सञ्चालित ‘लक्षित बर्गका लागि’ तीन दिने उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको हो ।

तालिम लक्षित बर्गका अगुवा र स्थानीय युवा युवतीहरुको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिमबाट ३२ जना लाभान्वित भएका छन् । तालिमको समापन कार्यक्रममा बोल्दै सुनवर्षी नगरपालिकाका मेयर श्यामप्रसाद राजवंशीले ग्रामिण क्षेत्रका जनता पनि सञ्चार माध्यामको पहुँचमा पुग्नुपर्ने बताए । ‘मिडियाहरु सदरमुकाम केन्द्रीत जस्तो देखिएको छ । गाउँका कुराहरु मिडियासम्म पुग्न सकेको छैन ।’ उनले भने,‘अब स्थानीय स्तरमा पनि पत्रकारहरु उत्पादन गरि यहाँका विषयवस्तु सञ्चार माध्यममा ल्याउन नगरपालिकाले पनि सहयोग गर्छ ।’

उनले दलित, महिला, मधेशी, मुस्लिम, आदीवासी जनजातीलगायत सिमान्तकृत समुदाय विगतमा विभिन्न कारणले पछाडी परेपनि अब उनीहरुको क्षमता विकास गरि सक्षम बनाउनुपर्ने र त्यसका लागि नगरपालिकाको सहयोग रहने बताए । मेयर राजवंशीले तालिममा विभिन दलका स्थानीय नेताहरुसमेत सहभागी भएकोमा खुशि व्यक्त गर्दै उनीहरुमा थप क्षमता बृद्धि भएको आफुले अपेक्षा गरेको बताए ।

उनले सहभागीले तालिममा सिकेको शिप र विषयवस्तुहरुलाई व्यबहारीक रुपमा लागु गर्न सक्नुपर्नेसमेत बताए । मेयर राजवंशीले तालिम अत्यन्त व्यवस्थित ढंगले सञ्चालन भएको र आयोजकले थोरै समयमा पनि प्रशिक्षर्थीलाई धेरैकुरा सिकाए पनि तीन दिन सयम कम भएको आफूले महसुस गरेको बताए ।

कार्यक्रममा सुनवर्षी नगरपालिकाकी उपमेयर मीरादेवी दासले स्थानीय जनप्रतिनिधिहरुका लागि पनि तालिम निकै उपयोगी भएको बताइन् । उनले क्षमताको विकासले मात्र सवैकुरामा अघि बढ्न सकिने बताइन् । उनले तालिमको शिपलाई सहि ढंगले उपयोग गर्न सहभागीलाई आग्रह गरिन् ।

समापन कार्यक्रममा बोल्दै सहभागीको तर्फबाट केशव ऋषिदेव, सिकन्दर साह, विन्दोदवी ठाकुर र पुनमदेवी साहले तीन दिनको तालिममा आफुहरुले धेरै कुरा सिकेको बताए । उनीहरुले तालिममा सहभागी हुनु अघि भन्दा तालिममा सहभागी भइसकेपछि आफुलाई फरक महसुस गरेको बताए । उनीहरुले तालिमका प्रशिक्षकहरुले सैद्धान्तिकसँगै प्रयोगात्मक विधिबाट सिकाउँदा बुझ्न निकै सजिलो भएको बताए । उनीहरुले आफ्ना लागि तालिम निकै उपयोगी बनेको समेत बताए ।

कार्यक्रममा प्रशिक्षक भद्रमान विश्वकर्मा, सोही वडाका वडाध्यक्ष संजयकुमार सिंह गन्गाई, वडा सदस्यहरु जयनारायण ठाकुर, जामुल रहमान, पार्बतीदेवी ऋषिदेव, गीतादेवी सिंह, वडा सचिव भविन कार्की, सुनवर्षी–९ का वडा सदस्य जगदीस सहनी, नेपाली कांग्रेस वडा समितिका सचिव अचनलाल सिंह, नेकपा (एमाले) वडा कमिटी अध्यक्ष रामकुमार सिंह गन्गाई, माओवादी केन्द्रका वडा समिति अध्यक्ष सामबहादुर सिंह, जसपाका वडा समिति अध्यक्ष राधानन्द ठाकुरलगायतले सहभागीलाई तालिमको सदुपयोग गर्न आग्रह गर्दै आगामी दिनका लागि शुभकामना दिए ।

तालिमका सहभागीलाई मेयर श्याम प्रसाद राजवंशी, उपमेयर मीरादेवी दास, वडाध्यक्ष संजयकुमार सिंह (गान्धी), वडा सदस्यहरु जयनारायण ठाकुर, जामुल रहमान, पार्बतीदेवी ऋषिदेव, गीतादेवी सिंह, वडा सचिव भविन कार्की, सुनवर्षी–९ का वडा सदस्य जगदीस सहनी, नेपाली कांग्रेस वडा समितिका सचिव अचनलाल सिंह, नेकपा (एमाले) वडा कमिटी अध्यक्ष रामकुमार सिंह गन्गाई, माओवादी केन्द्रका वडा समिति अध्यक्ष सामबहादुर सिंह, जसपाका वडा समिति अध्यक्ष राधानन्द ठाकुर, प्रशिक्षक भद्रमान विश्वकर्मा, सहजकर्ता किशोर विश्वकर्मालगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

तीन दिने तालिममा वरिष्ठ पत्रकार यज्ञशर्मा, प्रशिक्षक भदमान विश्वकर्मा र किशोर विश्वकर्माले प्रशिक्षण दिएका थिए । समापनमा प्रमुख अथितीलगायत अतिथीहरुलाई मायाको चिनोसमेत वितरण गरिएको थियो ।

सम्बन्धित खवर

रंगेली नगरपालिकाका कर्मचारी संघीय सरकारको विरोधमा उत्रिए, १३ सदस्यीय संघर्ष समिति गठन

बुधबार १७ असोज, २०८०
८ घण्टा अघि

विश्व मुटु दिवसको अवसरमा विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य शिविर

मङ्गलबार १६ असोज, २०८०
१ दिन अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग मनायो बाल दिवस

आईतबार ३१ भदौ, २०८०
३ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो २ सय ड्रागनफुडका विरुवा

बुधबार २७ भदौ, २०८०
३ हप्ता अघि

विश्व साक्षरता दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

सोमबार २५ भदौ, २०८०
३ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो दुई सय कागतीका विरुवा, एक जनालाई जिविकोपार्जनका लागि गाई वितरण

सोमबार ११ भदौ, २०८०
१ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net