दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस

मुक्ति समाजलाई अझ बलियो बनाउनुपर्नेमा जोड

पूर्वीटाईम्स संवाददाता
मङ्गलबार ५ पुस, २०७९
६ महिना अघि

विराटनगर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले ३५ औँ स्थापना दिवस मनाएको छ । जिल्ला कमिटी मोरङले समाजको ३५ औँ स्थापना दिवस विराटनगरस्थित जनआन्दोन चोकमा दीप प्रज्वलन गरि मनाएको हो ।

दीप प्रज्वलन कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य रामलाल साह, जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटी सदस्य तथा मुक्ति समाज मोरङका इन्चार्ज जितनारायण सरदारलगायत संगठनका केन्द्रीय कमिटी सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी, विराटनगर महानगर कमिटीका पदाधिकारी र सदस्यहरुको सहभागिता थियो ।

सो अबसरमा मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले सिंगो दलित आन्दोलनको नेतृत्व मुक्ति समाजले गर्दै आएको बताए । उनले राजनीतिक रुपमै दलित समुदायका सवालहरुलाई स्थापित गर्न समेत संगठनले नेतृत्वदायी भूमिका खेलेको बताए ।

अध्यक्ष विश्वकर्माले संगठनका अग्रजहरुले थालेको आन्दोन, त्याग र बलिदानीले मात्र आज संविधानमै दलित समुदायका अधिकार स्थापित भएको तर त्यति मात्र प्रयाप्त नभएको बताए ।

उनले जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्ने अभियानलाई अघि बढाउन र आर्थिक, राजनीतिक, समाजिक, सांस्कृतिक लगायतका सवालहरु सशक्त ढंगबाट उठाउन मुक्ति समाजलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।

 

रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net