विराटनगरमा केवल र नेटका तारलाई व्यवस्थित बनाइने

व्यवस्थित नगरे एक्सनमा उत्रिने चेतावनी

पूर्वीटाईम्स संवाददाता
बिहिबार १३ असोज, २०७९
१ वर्ष अघि

विराटनगर १३ असोज । विराटनगरको सौन्दर्यकरणका लागि विराटनगर महानगरले केवल र नेटका तारलाई व्यवस्थित बनाउने भएको छ ।

महानगरले बिहीबार केवल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तारलाई तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको छ ।

महानगर मेयर नागेश कोइरालाले विराटनगरलाई सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तारलाई व्यवस्थित बनाउन आग्रह गरे । “हामीले लत्रिएका तार काट्न पनि सक्थ्यौं, तर एकपटक तपाईंहरुलाई आग्रह गरौं भनेर हामीले बोलाएका हौं,” मेयर कोइरालाले भने, “यदि तपाईंहरुले जतिसक्दो तारको व्यवस्थापन गर्नु भएन भने हामी एक्सनमा उत्रिन्छौं ।”

जथाभावी लत्रिएका तारका कारण सहरको सुन्दरतामा ह्रास आएको मेयर कोइरालाको भनाइ थियो । तारलाई व्यवस्थित बनाउन महानगरका तर्फबाट पनि सहयोग गर्ने मेयर कोइरालाले प्रतिबद्धता जनाए । त्यसका लागि सहजीकरणको जिम्मेवारी इन्जिनियर अनिल सिंहले तोकिएको छ ।

पहिलो चरणमा सहरका मुख्य क्षेत्रका तार व्यवस्थित गर्ने गरी काम गर्न मेयर कोइरालाले निर्देशन दिए । “विराटनगरलाई सुन्दर, सफा र व्यवस्थित गर्ने विषयमा कसैसित पनि कम्परमाइज हुँदैन,” कोइरालाले भने, “कम्तीमा कात्तिक मसान्तभित्र बजार एसियाका तार व्यवस्थित गरिसक्नुहोस् ।”

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कर संकलनका लागि महानगर निर्मम तरिकाले लाग्ने प्रस्ट्याए । महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने उनको भनाइ थियो । “तपाईं केवल र नेट व्यवसायीहरुले पनि कर तिर्न बाँकी छ भने चाँडै तिर्नुहोला हामी चाडवाडपछि एकदमै कडा रुपमा उत्रिनेछौं,” कोइरालाले भने, “वर्डलिङ, म्याक्स, क्लासिटेक, सुविसु, भायानेट, कनेटलगायतका प्रतिनिधिलाई बोलाएर महानगरले छलफल गरेको हो ।

महानगरभित्र पोलमा रहेका ६० प्रतिशत तारहरु काम नलाग्ने रहेको बताए । म्याक्सका विराटनगर शाखा प्रमुख उमेश दाहालले भने, “पोलमा बिग्रिएका तार निकालिँदैन, त्यही छाडिन्छ, त्यस्ता तारहरु करिब ६० प्रतिशत छन् । ४० प्रतिशत मात्रै काम लाग्ने तार छन् ।

सम्बन्धित खवर

रंगेली नगरपालिकाका कर्मचारी संघीय सरकारको विरोधमा उत्रिए, १३ सदस्यीय संघर्ष समिति गठन

बुधबार १७ असोज, २०८०
९ घण्टा अघि

विश्व मुटु दिवसको अवसरमा विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य शिविर

मङ्गलबार १६ असोज, २०८०
१ दिन अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग मनायो बाल दिवस

आईतबार ३१ भदौ, २०८०
३ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो २ सय ड्रागनफुडका विरुवा

बुधबार २७ भदौ, २०८०
३ हप्ता अघि

विश्व साक्षरता दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

सोमबार २५ भदौ, २०८०
३ हप्ता अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोप्यो दुई सय कागतीका विरुवा, एक जनालाई जिविकोपार्जनका लागि गाई वितरण

सोमबार ११ भदौ, २०८०
१ महिना अघि
रंगेलीका मनोज अग्रवालः ‘बाल कमरेड’ देखि एमालेको प्रदेश कमिटीसम्म, १० औँ महाधिवेशनमा सर्वसम्मत प्रतिनिधि चयन
आईतबार २८ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
रंगेलीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रगतिशिल माविलाई (फोटो फिचरसहित)
सोमबार २२ फाल्गुण, २०७९
मोरङमा एमालेको विशेष अभियान ‘मिसन ग्रासरुट’ सुरु, सवै नेताले पाए जिम्मेवारी (सूचीसहित)
मङ्गलबार ९ फाल्गुण, २०७९
रंगेलीमा स्वरोजगार बन्दै सन्थाल समुदायका महिला, ४५ दिने एड्भान्स सिलाई/कटाई तालिम सम्पन्न
मङ्गलबार २४ माघ, २०७९
रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम
सोमबार २३ माघ, २०७९
सुनवर्षी मेयर कप क्रिकेटः आजको खेलमा कर्मचारी टिम विजयी
शुक्रबार ६ माघ, २०७९
बरडंगामा उद्घोषण, भाषणकला तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बुधबार २७ पुस, २०७९
जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन
बिहिबार २१ पुस, २०७९
ब्ल्यांकेट र न्यानोकपडा वितरण गर्दै रोटरी क्लब अफ विराटनगर डाउनटाउने मनायो नयाँ वर्ष
आईतबार १७ पुस, २०७९
दीप प्रज्वलन गरि मनाइयो मुक्ति समाजको ३५ औँ स्थापना दिवस
मङ्गलबार ५ पुस, २०७९
विद्यार्थीलाई करियर काउन्सेलिङ
सोमबार २१ कार्तिक, २०७९
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net